काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेको हो ।
मंगलबार २२९ धितोपत्रको २७ लाख ४५ हजार १०९ कित्ता सेयर एक अर्ब दुई करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तारागाउँ रेजेन्सी होटेल लिमिटेड र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । सर्वाधिक रकमको सेयर कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको आठ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
यस दिन कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक वृद्धि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-