काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।
बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरूपमा जारी विज्ञप्तिमा भनिएको छ। बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ।
बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गंगनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन्। बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो।
प्रतिक्रिया लेख्नुहोस्:-