काठमाडौं । आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीको जन्ममितिको कागजात माग गर्ने निर्णय गरेको छ।
‘उहाँको जन्ममितिसम्बन्धी उजुरी समितिमा आएको छ। त्यसबारे सत्यतथ्य के हो भनेर गृहलाई चिठी लेख्ने काम भएको छ,’ समितिका सभापति रामहरि खतिवडाले भने, ‘उजुरी आएपछि सत्यतथ्य बुझ्न खोजिएको हो, कसैसँग पूर्वाग्रह राखेको होइन।’
ज्ञवालीले जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोपसहित उजुरी परेको थियो। ज्ञवालीको जन्ममिति विवादबारे सर्वोच्च अदालतमा पनि रिट परेको थियो। उक्त रिट सर्वोच्चले दरपीठ गरिदिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-