काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा गर्ने भनेको प्रदर्शन गर्न रोक लगाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यका अनुसार माइतीघर मन्डलामा ७ गते हुने भनिएको दुवै पक्षको प्रदर्शन गर्न नदिने गरी निषेधित गरिएको छ ।
काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझाव समेत दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-