काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकमा आश्रित रहेकाहरुको दीर्घकालीन व्यवस्थापन गर्न सरकारले कानुनी व्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले सोमबार मानव सेवा आश्रमले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सातवटै प्रदेशमा एक–एक वटा सडक आश्रित मानव उद्दारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा गरेका थिए । ‘बेवारिसे, असहाय, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका, सहयोगापेक्षी सडक आश्रित मानिसको समूचित व्यवस्थापन गर्न आउँदो संघीय अधिवेशनसम्म नेपाल सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-