काठमाडौं । निकै लामो विदापछि खुलेको शेयर कारोबारमा झिनो अंकले बढेको छ । सोमबार शेयर बजार १ दशमलव ३९ को अंकको हो ।आज १ अर्ब भन्दा धेरैको शेयर किनबेच भएको छ ।
शेयर बजार बढेतापनि तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सोमबार फरवार्ड लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ्ग खोलाको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.३३ प्रतिशत, माउन्टेन इनर्जि नेपाल लगायत ११३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-