काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले निकै पछि पार्दै लगेका छन् । हालसम्म राउतले ले ४ हजार २८२ मत पाएका छन् भन् अध्यक्ष उपेन्द्र यादले २ हजार १६५ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर २ हजार ११७ मत रहेको छ ।
यसैगरी लोसपाका जयप्रकाश ठाकुरले १ हजार ७०९ मत प्राप्त गरेका छन् । पछिल्लो समय तराईका जिल्लामा मजबुत रहेका जसपालाई सिके राउतले कडा टक्कर दिइरहेका छन् । अमेरिकाबाट पिएचडी गरेका राउतले केही वर्ष पहिला जनमत पार्टी गठन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-