काठमाडौं । नेपाली कांग्रेसले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका स्वयंसेवी युवाको परिचालन गरी दुई हप्ताभित्र जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जिल्लामा एक हजार अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय गरेको छ । ए
सानेपामा आज महामन्त्री गगन थापाको नेतृत्वमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले १० जनाका दरले २६ समूह परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी टहरा निर्माण गर्ने निर्णय गरेको हो ।
त्यसका लागि कांग्रेसले एकजना निर्माण विज्ञ र दुईजना मिस्त्रीसहित १० जनाका दरले एकपटकमा १३ समूह परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै, प्रजातान्त्रिक चिकित्सक संघको संयोजनमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरी सामान्य र मानसिक स्वास्थ्य परिक्षणको प्रबन्ध मिलाउने पनि कांग्रेसको निर्णयमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-