काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरूको गणतन्त्र उल्टाउन सपना कहिल्यै पूरा नहुने बताएका छन्।
उनले बुधबार नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो तर्क गरेका हुन् ।
‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’ पराजित भएपछि सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-