काठमाडौं । गत मंगलबार नियुक्त भएका उच्च अदालतका मुख्य न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसरी सपथ लिनेहरुमा उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-