काठमाडौं । हिजो २० अंकले बढेको शेयर बजारमा आज पनि झण्डै १० अंकले उकालो लागेको छ ।
विहीबार कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाको कारोबार भएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अंकले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ ।
कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार एक सय पाँच रुपैयाँ बराबरको कारोबार भयो ।
यस्तै, सोनापुर मिनरल्स नौ करोड ५८ लाख १६९, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार ए१८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार ४८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लाख २७ हजार ७१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-