काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक आइतबार ४७ दशमलब ७५ अंकले बढेको हो ।
आइतबार ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर किनबेचबाट दुई अर्ब एक करोड १७ लाख ६३ हजारको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
आइतबार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-