काठमाडौं । काठमाडौंको गौशालामा प्रदर्शनमा उत्रिएका दुर्गा प्रसार्ईंको समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रसार्ईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सो अभियान समर्थकले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-