काठमाडौं । अर्थमन्त्री प्रकाशसरण महतले अहिले केही ब्यक्तिले आन्दोलन गर्दैमा व्यवस्था परिवर्तन नहुने ठोकुवा गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए । ‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-