काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरीमा बसेको बैठकले प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ।
त्यस्तै सहमहामन्त्रीमा कबिन्द्र बर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई नियुक्त गरिएको छ। महामन्त्री भने यसअघि नै डा.मुकुल ढकाल रहेका थिए।
त्यस्तै संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ रहेका छन् भने संसदील दलको नेतामा सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-