काठमाडौं। मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले कमी आएको छ । मंगलबार नेप्से २.१७ अंकले घटेको हो । आज १ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा जलविद्युत र होटल क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेप्से घटेपनि बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। यसका लगानीकर्ताले प्रति कित्ता ३५ रुपैयाँ कमाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-