काठमाडौं । निर्वाचनपछि रिफ्रेसमेन्टका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बुधबार सिन्धुपाल्चोकको सुकुटे गएका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् ।
प्रचण्डसँगै पूर्वसभामुख अग्नि सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष तथा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा विजयी भएका सरल सहयात्री सुकुटेमा रहेका छन् ।
यस्तै प्रचण्डका छोरीहरु गंगा र रेणुसहित एक दर्जन हाराहारीमा नेताहरु पनि प्रचण्डसँगै सुकुटेमा रहेको बताइएको छ । त्यहाँ पुगेर प्रचण्ड र्याफ्टिङ सयर समेत गरेको तस्बिर सार्वजनिक भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-