काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आपसी सहकार्यको विषयमा छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले राउतलाई बधाइ दिँदै सरकार गठन गर्न गठबन्धनलाई सघाउन राउतसँग आग्रह गरेका थिए । जवाफमा राउतले गठबन्धनलाई सहयोग गर्न आफू सकारात्मक रहेको तर त्यसअघि आफूहरूको माग मुद्दामा गठबन्धन तथा सरकारको धारणा आउनु पर्ने बताएका थिए । राउतले यसअघि कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पनि भेट गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-