काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार सैनिक आवासीय महाविद्यालय, पोखराको नयाँ भवन शिलान्यास गरेका छन्। महारथी शर्माले महाविद्यालयको १९औँ वार्षिकोत्सवको अवसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् ।
नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित उक्त महाविद्यालयमा आज आयोजित कार्यक्रमकाबीच बीबीए पठनपाठनको औपचारिक थालनी समेत भएको छ।
महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आज आयोजित समारोहमा विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यस अवसरमा प्रधान सेनापतिले उक्त महाविद्यालयको वार्षिक मुख पत्र फूलबारी विमोचन गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-