काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।
स्रोतका अनुसार दुवै नेता प्रतिनि सभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई आदानप्रदान गर्नुका साथै निर्वाचनको समीक्षा र आगामी सरकार निर्माणबारे समेत भएको बताइएको छ।
वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-