काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै देशमा विकास गर्नसक्ने जिकिर गरेका छन् ।
अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प यात्रा अभियान अन्तर्गत आज दैलेखको राकममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे । एमाले सरकारबाट बाहिरिएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उनको दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-