काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेताहरु माघमा गर्ने भनिएको महाधिवेशन पछि सार्न सहमत भएका छन् ।
प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘आज हामीले महाधिवेशनबारे छलफल गर्यौं । त्यसबारे थप निर्णय भोलि गछौं । भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ ।’
उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष र सम्मानित नेताबीच कुनै विमति नरहेको दाबी गरे ।
उनले भने, ‘उहाँहरुले अहिलेसम्म सार्वजनिक रुपमा भन्नुभएको छैन । कुनै मतहरु नबाँझि महाधिवेशन हुँदैन । महाधिवेशन विचारहरुको विमर्श गर्ने ठाउँ हो । राजनीतिक, वैचारिक, संगठनात्मक पार्टीलाई अगाडि बढाउँनको लागि छलफल गर्ने ठाउँ हो ।
प्रतिक्रिया लेख्नुहोस्:-