काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच साँठगाँठ रहेको आरोप लगाएका छन्।
पछिल्लो समय निकै चर्चित रहेको एनसेल शेयर बिक्री प्रकरणबारे उनले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो आरोप लगाएका हुन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको शेयर खरिद बिक्री नभएको बताए।
साथै, उनले सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्ने बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-