काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दिनमा अर्थतन्त्र सुध्रदै जाने दावी गरेका छन् ।
उनले शुक्रबार सुदूरपश्चिम महोत्सवको धनगढीमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले हामीले खोजेको समृद्ध संघीय नेपालको निर्माणमा सुदूरपश्चिम प्रदेशले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको काम आफुले गरेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-