काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्ने काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताए।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनवटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-