काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुराबारे भारतसँग कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिनाअघि गरेको भारत भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा नराखेर देशप्रति बेइमानी गरेको ओलीले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-