दूरबिन संवाददाता
अमेरिका ।
न्युयोर्कमा दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ । धेरै नेपालीहरुको बसोबास रहेको ज्याक्सन हाइटमा सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोकका नवाङ पासाङ लामा माथि छुरा प्रहार भएको हो । उपचारार्थ न्यूयोर्कको एलमस्ट अस्पतालमा रहेका उनिहरु माथि भएको आक्रमणको बिस्तृत जानकारी प्रहरीले सार्वजनिक गरेको छैन ।
घाइतेद्वयले आफन्तहरुसँगको कुराकानीमा बंगाली युवाहरूले आक्रमण गरेको बताएका छन् । उनीहरु माथि शुक्रवार मध्येरातमा खाना खाएर घर तर्फ जाँदै गर्दा आक्रमण भएको हो । घटना पछि अनुसन्धानमा खटिएको न्यूयोर्क प्रहरीले आक्रमणकारीहरू पक्राउ गरिसकिएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-