नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा राजेन्द्र लिंदेलले आफ्नो भाषणाका क्रममा नेतालाई गाउँघरतिर चोर भन्न थाले भन्ने अभिव्यक्ति दिएपछि अन्य नेताहरु आक्रोशित बने । उनले समानित राजतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने तर्क पनि राखे । उनले नेताहरुलाई चोर भनेर भन्ने अभिव्यक्तिको एमाले अध्यक्ष के.पी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नेकपा एसका अध्यक्ष माधव नेपालले खरो रुपमा बिरोध गरे । केपी ओलीले भर्खर भर्खर जन्मीएको बाच्छो दौडिन खोज्छ भन्दै लिंदेलमाथी व्यंग्य गरेका थिए । नेकपा एस्का अध्यक्ष माधव कुमार नेपालले रााजसंस्था फर्किने कुनै संभावना नभएकाले बरु पूर्व राजाले कुनै राजनितीक दल खोलेर आउन समेत उनले आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-