काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीलाई थप सशक्त पहल गरिदिन अनुरोध गरेका छन् ।
सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए
प्रतिक्रिया लेख्नुहोस्:-