काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि आफ्नो पार्टीको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष ओलीले सोमबार झुलाघाट(चिवाभञ्ज्याङ यात्राअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यस्तो जिकिर गरेका हुन् ।
अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको उनको दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-