काठमाडौै । इतिहासमा सबै भन्दा कमजोर र संकटमा रहेको नेपाली काँग्रेस पार्टीको गुटगत विवाद सतहमा नै आएको छ । जसरी पनि पार्टी कब्जा गर्ने सभापति शेरबहादुर देउवा पक्षको रणनीति र पार्टीमा भागवण्डा खोज्ने पौडेल पक्षको अडानले नेपाली राजनीतिकै पुरानो र लोकतान्त्रीक दावी गरिने पार्टी झन् झन् दलदलमा पर्दै गएको छ ।
देउवा १४ औ महाधिवेशनको मिति धकेल्दै लाने र अर्को पटक पनि आफु जसरी पनि सभापतिमा आउने रणनीतिमा छन् । त्यसै अनुरुप उनले अहिले विभागको संख्या भारी मात्रामा थप गर्ने प्रस्ताव गरेका छन् । पौडेल पक्षले पार्टी महाधिवेशन प्रक्रियामा जानु पर्ने र त्यो एजेण्डा केन्द्रिय कार्य समितिमा आउनु पर्ने अडान राखेका छन् । सोही अडानका कारण पौडेल पक्षले बिहिवारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गरे । उता देउवाले अधिकांस खाली कुर्ची रहेको बैठकबाट भडाभट निर्णयहरु गराए ।
प्रतिक्रिया लेख्नुहोस्:-