काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतसँग नेपालले हार ब्यहोरेको छ । नेपाल १० विकेटले पराजित भएको हो ।
भारतका लागि अरसिन कुलकर्नीले ३७ र आदर्श सिंहले १३ रन बनाएका छन्। कुलकर्नीले २९ बल खेल्दै ५ छक्का र १ चौका प्रहार गरेका थिए।
दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-