काठमाडौं । अर्थतन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय राजश्वको संकलन बढ्दै गएको दाबी गरेका छन्।
मन्त्री महतले बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले मूल्य अभिवृद्धिकर ७.१९ प्रतिशतले वृद्धि भएको भन्दै आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजश्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको बताए । राजश्व संकलन र पुँजीगत खर्च सरकारले अपेक्षा गरेको भन्दा कम भए पनि विस्तारै सुधारउन्मुख हुँदै गएको उनले जानकारी दिए ।
उनले मौद्रिक नीतिमार्फत् बैंकको ब्याजदर घटाउनको लागि नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३।० प्रतिशत कामय गरिएको उल्लेख गरे। हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-