काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको उद्घाटन गरेकी छिन् ।
उद्घाटनका अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन यस्ता एक्स्पोले सहयोग पुर्याउने बताइन्।उनले एक्स्पोबाट उत्पादनको खरिद बिक्रीमात्र नभई उद्यमी व्यवसायीबीच अनुभव र सिकाइको आदान(प्रदान हुनेछ भन्दै छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘यस औद्योगिक मेलाका माध्यमबाट यस क्षेत्रका पर्यटकीय गन्तव्य, कृषि, हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवर्द्धनमा विशेष टेवा पुग्ने आशा राखेको छु ।
प्रतिक्रिया लेख्नुहोस्:-