काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले छिटै नै ‘मिसन ८०’ सार्वजनिक गर्ने बताएका छन् । उनले शनिबार काठमाडौंको नैकापमा आयोजित खुला सभामा यस्तो खुलासा गरेका हुन् ।
लामिछानेले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेथितिलाई अन्त्य गर्न सकिने जिकिर गरे । हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनले बताए ।
उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अरू दलहरूले आसन्न राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आँट गर्न नसकेको टिप्पणी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-