काठमाडौं । आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पूर्व निर्धारित समयभित्रै काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणको सबै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ।
बैठकले फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक बस्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-