पूर्खाले दिएको ज्ञान हो यो
‘वाण’ र वाणी एकपल्ट निस्केपछि
फर्कंदैन फेरि,
जसले यसलाई मनन गर्यो
पाउँछन् त्यसले सर्वसम्मान ।
तर ……
समयको चक्र संगसंगै
मानव सोचको परिवर्तनले गर्दा
अब न त मानवमा संयमता
न त भद्रता, न त अपनत्वपन रह्यो
केवल, अहम् र अहंकार
क्षुद्रता बाहेक रहेन केही बाँकी ।
पण्डित, विद्वान् बनेर मात्र कोही मानव
ज्ञानी, गुणी कहलिंदैन,
जबसम्म आपूmले प्राप्त गरेको ज्ञान
आफ्नो दैनिक जीवनमा लागु गरिंदैन !
धर्माधिकारीहरू केवल भगवान्को
पूजा गरेर मात्र पुजारी कहलिंदैन,
जबसम्म भगवान्को मन्दिरमा
दीन, हीन, दुःखी र तल्लो जात कहलिएकालाई
पूजा गर्न वर्जित गर्छन् ।
बुझौं हामी
मानवले मानवलाई नै
विभाजित तुल्याएको हो
नकि भगवान्ले यस धरातलमा
कतिले भन्ला
यो पूर्वजन्मको भोग हो !
कलिको प्रभाव हो !
बुझौं हामी
कलिको वातावरण ल्याउने नै
हामी पृथ्वी लोकका मानव हौं
नकि
स्वर्गलोक र ब्रह्माण्डका अरु !
हे आजका मानव हामी “बुझौं”
जसरी जन्मे, त्यसरी नै त्याग्नु पर्छ देह !
जन्म र मरणको विचमा आर्जित सबै त्यानु छ
तसर्थ भौतिक सुविधा मात्र हैन
दैवीय गुण आर्जित गरौं ।
र
सफल पारौं मानव चोला
बनाऔं भवसागरलाई सुख सागर
सबैको समान सुख सागर !
रीतादेवी प्रधान (जोशी),रुमाठ
डिसेम्वर २०
प्रतिक्रिया लेख्नुहोस्:-