काठमाडौं । बुधबार नियुक्त भएका सर्वोच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरुले बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् । यसरी सपथ लिने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।
सपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-