काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने अभ्यास लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्। उनले संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-