काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि जारी नेपाल पत्रकार मंहासंघको केन्द्रीय साधारणसभा सुर्खेत घोषणपत्र जारी गर्दै सकिएको छ ।
घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले बताए ।
इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । साथै, सम्बद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-