काठमाडौं । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केही बेरअघिबाट छलफल सुरु भएको हो।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल हुनेछ। सम्भवत: उक्त विधेयकमा आजै सहमति गरिने बताइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-