काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भिआईपी कल्चरलाई भत्काएको दावी गरेका छन् । उनले आज देशको नाममा सम्बोधन गर्दै यसलाई लोकतन्त्रप्रति भरोसा बढाउन महत्वपूर्ण सफलता प्राप्त बताए ।
‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन। देशमा एउटा ‘भिआईपी कल्चरु स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो’ उनले भने, ‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारवाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-