काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । मन्त्री लामिछानेले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।
पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।
सोही निर्णयबमोजिम गृहमन्त्री लामिछाने आज राहदानी विभागको अनुगमन गर्न गएका हुन्। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए।
प्रतिक्रिया लेख्नुहोस्:-