कृष्णराज खनाल
वोस्टन । गुरुङ जातीको को महान् पर्व ल्होसार शनिवार यहाँ धुमधामसँग मनाइएको छ । प्रत्येक वर्ष यसै अवसर पारेर मनाइने ल्होसार वोस्टनमा मनाइएको यो १८ औँ पटक हो ।
वोस्टन तमु समाजले आयोजना गरेको ल्होसारमा स्थानीय कलाकारहरुले गुरुङहरुको मौलिक साँस्कृतिक र परम्परागत गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा यस भेगका करिब चार सय मानिसहरुको उपस्थिति थियो ।
वोस्टन तमु समाजका अध्यक्ष मीन गुरुङहरुले स्वागत मन्तव्य व्यक्त गर्दै यो हाम्रो साँस्कृतिक पर्व हो, सकेसम्म सबैलाई समेट्ने प्रयास गरेका छौँ भन्नुभयो ।
कार्यक्रम सुरु हुनु अघि आशीर्वाद दिँदै भीक्षु डा. प्रज्ञालोक महाथेरोले हामी सस्कृति, परम्परा र भाषामा निकै धनी रहेको बताउँदै भाषा गतिशील भयो भने मात्र संस्कृति पनि सम्पदाका रुपमा रहिरहन्छ भन्नुभयो ।
कार्यक्रममा कृष्ण चरित्र, मलाई चौबन्दी चोली..काली पनि देखेँ मैले…गैरी खेतमा …खै बिदो तो बिदो…ससुराली टेकेपछि…मारुनी नृत्य, तिबेतियन नृत्य ढिंग्री र कति राम्रो कमल फूल आदि गीतको बोलमा नृत्य प्रस्तुत गरिएको थियो ।
समाजकी उपाध्यक्ष कमला गुरुङको धन्यवाद ज्ञापन सँगसँगै सम्पन्न कार्यक्रममा गुरुङ परिकारयुक्त खाना खुवाइएको थियो । अन्तमा प्रस्तुत डिजेमा मानिसहरु झुमेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-