काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आज प्रहरी मुख्यालय पुगेर निर्मला हत्याकाण्डबारे नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।
गृहमन्त्री नियुक्त भएलगत्तै निर्मला पन्तको परिवारलाई न्याय दिलाउन पहल गर्ने पहिलो निर्णय गरेका गृहमन्त्री लामिछानेले शुक्रवार नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रालयका अनुसार उपप्रधानमन्त्री समेत रहेका उनले प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीसँग हालसम्म भएको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-