स्यानफ्रान्सिस्को । हामी उठ्ने छौ कमेडी टूर २०२५ अभियान अन्तरगत अक्टोबर ४ मा स्यानफ्रान्सिस्को वे एरियामा भव्य कार्यक्रम हुने भएको छ ।
नेपालका ख्यातिप्राप्त हास्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, शिवहरि पौड्याल, अनिल पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति रहने सो कार्यक्रम वे एरियाको नेपाली कम्यूनिटी सेन्टरमा हुने कार्यक्रमका संयोजक सुमन अधिकारीले बताए ।
नेपालमा सर्वाधिक लोकप्रिय रहेको तीतो सत्य र जिरे खुर्सानी कार्यक्रमका प्रस्तोताहरुबाट हुने हास्यव्यंगात्मक कार्यक्रमलाई निकै प्रतिक्षाका साथ हेरिएको छ ।
वे एरियाको स्थानीय कार्यक्रमको संयोजन भने मदरल्याण्ड नेपालले गरेको छ । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले दिएको जानकारी अनुसार कार्यक्रमको मुख्य प्रस्तुती हांस्य व्यंग्य हुनेछ ।
आगामी शनिवार हुने कार्यक्रमको लागि कलाकारको टोली स्यानफ्रान्सिस्को आइपुगेको छ ।
नेपालमा भदौ२३ मा भएको आमनरसंहार र २४ मा भएको विध्वंसपछि अव हामी फेरी उठ्ने छौं भन्ने आशा जगाउन कार्यक्रम सन्देशमुलक हुने आयोजक अधिकारीले वताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-