दीपक मनाङ्गेले लिए सभासदकाे सपथ 

दूरबिन नेपाल     १४ माघ २०७५, सोमबार १३:००    

Anil Baral Real Estate

 

पोखरा । अन्तत गुण्डा नाइकेकाे रूपमा चर्चामा रहदै आएका  दिपक मनाङ्गे भनीने राजीव  गुरुङले साेमवार प्रदेशसभा सदस्य पद तथा गाेपनीयताकाे सपथ लिएका छन् । पाेखरामा सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाइ सपथ खुवाएका हुन ।

गुरूङ मनाङबाट प्रदेश सभाका लागि स्वतन्त्र उमेदवारकाे रूपमा विजयी भएका थिए । शुरूमा तत्कालिन नेकपा एमालेबाट उमेदवार हुन खाेजेका गुरूङकाे चर्काे आलाेचना पछि एमालेले उनलाइ नै टिटक त दिएन तर पार्टीकाे आधिकारिक उमेदवारी फिर्ता लिएकाे थियाे । गुरूङले काँग्रेस उमेदवारलाइ हराएका थिए ।

निर्वाचित भए पनि  ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । बीचमा उनी आठ महिना जेल पनि बसे ।  थुनामुक्त भए पछि उनले सपथ ग्रहणका लागि निवेदन दिएका थिए । उनलाइ सपथ खुवाउने नखुवाउने भन्नेमा अन्याेल रहदै आएकाे थियाे ।


१४ माघ २०७५, सोमबार १३:०० मा प्रकाशित