मुस्ताङमा हिमपात : थासाङमा न विद्युत् न सञ्चार, बाजुरामा हिउँले विद्यालय भत्कियो, दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

दूरबिन नेपाल     १४ माघ २०७५, सोमबार १४:५१    

Anil Baral Real Estate

बाजुरामा हिउँले विद्यालय भत्कियो

 लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक सामुदायिक विद्यालयको भवन भत्किएको छ । चोलुमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको प्रधानाध्यापक पद्मलाल रेग्मीले जानकारी दिनुभयो ।

विद्यालयका दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठन–पाठनमा समेत समस्या भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै ६ लाख बराबरको सामानमा क्षति भएको छ ।

रासस
–––


१४ माघ २०७५, सोमबार १४:५१ मा प्रकाशित