संस्था भन्दा ब्यक्तिले बोलाउने समारोहमा धेरै उपस्थिति रहन्छ : एकता समाज अध्यक्ष शिवाकोटी नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा सप्पन्न

दूरबिन नेपाल     १४ माघ २०७५, सोमबार २१:५३    

Anil Baral Real Estate

अमेरिका, लस एन्जल्स, २८ जनवरी । नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जल्समा हिजो सम्पन्न भएको छ । नेपालीद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन भने आर्थिक विवरण कोशाध्यक्ष दिनेश शाहले प्रस्तुत गरेका थिए।

आर्टेसिया सिटि प्लानिङ कमिस्नर भक्त थापा र अबैतनिक महाबाणिज्यदुत ऋषि ढकालले शुभकामना मनत्ब्य दिने क्रममा संस्था स्वस्फूर्त रुपमा चल्न सक्ने गराउने तर्फ ध्यान दिन अनुरोध गरेका थिए ।

संस्थापक अध्यक्ष शान्तिराम ढकालले यश क्षेत्रमा सामुदायिक भवनको जरुरत भएको हुँदा सो तर्फ सोच्न आग्रह गरे । ढकालले १४३ आजिवन सदस्यको शुल्क सुरक्षीत हुनुपर्नेमा हाल सन्स्थामा दुई हजार तीन सय डलर मात्र बाँकी देखिएकोले चाडो भन्दा चाडो सो रकम जम्मा गर्न सबैले पहल गर्नुपर्ने बताए ।

अध्यक्ष चन्द्र शिवाकोटीले एक बर्ष लगाएर घाटामा रहेको संस्था नाफामा लगेको र आगामी दिनमा केही कार्य गर्ने जोश र जाँगर पलाएको बताए । अध्यक्ष शिवाकोटीले नेपाली नयाँ बर्ष, पिकनिक लगायतका केही कार्यक्रम गर्न लागेको जानकारी दिएका थिए। 

अमेरिकी समाजमा संस्थाले कार्यक्रम छ भनी बोलाउदा भन्दा ब्यक्तिले बोलाउने समारोहमा धेरै उपस्थिति रहने गरेको तितो सत्य समेत बताए ।


१४ माघ २०७५, सोमबार २१:५३ मा प्रकाशित