साउथ-इस्ट ह्युस्टनमा केहीबेर अघि पाँचजना प्रहरी अधिकारीमाथि गोली प्रहार संदिग्ध दुई बन्दूक़धारी लुकेको घर प्रहरीको घेरामा

दूरबिन नेपाल     १५ माघ २०७५, मंगलवार ००:४०    

Anil Baral Real Estate

ब्रेकिंग न्यूज 

ह्युस्टन, जनवरी २७/दक्षिण-पूर्वी ह्युस्टनमा केही बन्दूकधारीहरुले पाँच प्रहरी अधिकारीहरु माथि गोली प्रहार गरेका छन्। स्थानीय संचार माध्यम KHOU 11 का अनुसार गोली लागेका पाँचैजना प्रहरी अधिकारीहरुलाई लाइफ-फ्लाइट हेलिकप्टर र एम्वुलेन्सबाट मेमोरियल हर्मन मेडिकल सेन्टर ह्युस्टनमा लगिएको छ। प्रहरी अधिकारीहरुलाई गोली हान्ने मध्येका दुईजना प्रहरी कार्बाहीमा मारिएको र दुईजना संदिग्ध स्थानीय एक घरभित्र रहेको र दर्जनौं प्रहरीले घरलाई घेरेर राखेको समाचार छ। घटनास्थलमा अहिले ह्युस्टन पुलिस डिपार्टमेंटको स्पेशल फोर्स SWAT टिम तैनाथ गरिएको छ। SWAT टिमले कुनैपनि बेला दुईजना संन्दिग्ध बन्दुकधारीहरु लुकेर बसेको घरमा कार्बाही गर्न सक्ने KHOU 11 ले प्रत्यक्ष प्रसारण गरिरहेको छ। भर्खरै ह्युस्टनका मेयर सिल्भिस्टर टर्नर घाइते प्रहरी अधिकारीहरुलाई राखिएको अस्पताल पुगेका छन् भने  ह्युस्टन प्रहरी प्रमुख आर्ट एसिभेडो घटनास्थल पुगेका छन्। 

घटनाप्रति दुख व्यक्त गर्दै टेक्ससका गभर्नर ग्रेग एबटले एक बक्तब्य मार्फत ह्युस्टन पुलिसलाई आवश्यक सबै सहयोग गर्ने बताएका छन्। गभर्नर एबटले घटनामा संलग्नहरुलाई कानूनको दायरामा ल्याइने भनेका छन्। 

तस्बिर: KHOU 11 को प्रत्यक्ष प्रसारणबाट


१५ माघ २०७५, मंगलवार ००:४० मा प्रकाशित